
ललितपुर । फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका कालिकोट नरहरिनाथ गाउँपालिका(१ घर भएका ४३ वर्षीय नविन बिश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए । महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका(३ बोझेपोखरीस्थित प्रदेश ३-०२-००३ प ५१३१ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको सो परिसरले जनाएको छ ।
साथै उनको साथबाट नेकपा बिप्लव समुहसंग सम्बन्धीत बिभिन्न प्रकारका दस्तावेज किताब, डायरीहरु तथा बिभिन्न कम्पनीको मोवाइल तथा सिम कार्डहरु समेत प्रहरीले बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस