aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका १४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका १४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्की समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो । 

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस