aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नाटो सम्मेलनमा मजाक बने जेलेन्स्की, युक्रेन निराश बन्दा रसियाले पायो 'सुपर पावर'को मान्यता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० असार २०८०
नाटो सम्मेलनमा मजाक बने जेलेन्स्की, युक्रेन निराश बन्दा रसियाले पायो 'सुपर पावर'को मान्यता

लिथुआनियाको राजधानी भिल्नियसमा बुधबार सम्पन्न नाटो शिखर सम्मेलनमा युक्रेनका राष्ट्रपति भ्लाडिमिर जेलेन्स्कीको टिठलाग्दो तस्बिर सार्वजनिक भएपछि अहिले त्यसबारे विश्वव्यापी चर्चा चलिरहेको छ। ब्लुमबर्गले त्यसलाई 'पर्दा पछाडिको विनाशकारी विवरण र स्पष्ट निराशा' भन्दै टिप्पणी गरेको छ ।

यससँगै रुस विरुद्धको युद्द्का लागि अर्बौँ डलर प्रवाह गरेका पश्चिमी राष्ट्रहरूको थप साथ नरहने प्रतिक्रियाको रुपमा यो तस्बिर बाहिरिएको छ । कीभलाई अर्बौँ डलरको हतियार सहयोग गर्दै आएकोमा अब त्यो कम हुने सङ्केत देखिएको छ। त्यसैगरी अहिले नै युक्रेनलाई सदस्यता नदिने निर्णयले रसिया फेरि पनि सुपर पावर नै रहेको पुष्टि गरेको छ ।

भाल्दिमिर जेलेन्स्की लिथुआनिया जाने क्रममा उनले अङ्ग्रेजीमा जारी गरेको ट्विटले गठबन्धनमा भएको दरारलाई उजागर गरेको छ। यसबारे  ब्लूमबर्गले बुधवारको घटनाका बारेमा गरेको खुलासामा हाइलाइट गरिएको छ :

'जेलेन्स्की मङ्गलवार साँझ नेटो नेताहरूसँगको बैठक निकै तातेको थियो। युक्रेनी राष्ट्रपति आफ्नो देशलाई सदस्यता दिन स्पष्ट समय रेखा किटान गर्न नाटोले "बेतुका"को अनिच्छा देखाएको भन्दै दिनको सुरु मै आक्रोशित भएका थिए।'

त्यो आक्रोशले रुसी आक्रमणको विरुद्ध युक्रेनको रक्षामा अरबौँ डलरको हतियार र सहयोग पुर्‍याउने साझेदारहरू रिसाए । जेलेन्स्कीले सोसल मिडियामा नाटो विरुद्ध आफ्नो आक्रोश सार्वजनिक गर्नु अघि अमेरिकालाई कुनै चेतावनी दिइएको थिएन।

जेलेन्स्की आक्रोशित बनेपछि रिसाएका नाटोका राष्ट्र प्रमुखहरूले पीठ फर्काएपछि बिचमा उभिएका अलग र पराजित देखिने जेलेन्स्कीको तस्बिर सोसल मिडियामा बुधबार व्यापक रूपमा प्रसारित भयो। पर्दा पछाडि चीजहरू झन् तनावपूर्ण थिए भन्दै ब्लूमबर्गले लेखेको छ : "भिल्नियसको रात्रिभोजमा अमेरिकी राष्ट्रपति जो बाइडेन उनको होटेलमा फर्केपछि अन्य नेताहरूले जेलेन्स्कीलाई स्पष्ट सन्देश दिए । उनलाई गरिएको बेवास्ताले उनलाई शान्त हुन र पूरा प्याकेज हेर्न भनिएको रुपमा व्याख्या भइरहेको छ।

यद्यपि अझै उनलाई 'हिरोबाट जिरो' पार्ने गरी स्पष्ट रुपमा परिदृश्य देखिएको छैन । तर, घटनाक्रम त्यो दिशामा अघि बढेको भने देखिएको छ । युक्रेनी राष्ट्रपति जसले आफ्नो मुलुकमा रुसले आक्रमण गरेपछि सुरुवातदेखि नै पश्चिमी देशका राजधानीहरूमा 'रक स्टारको हैसियत'को आनन्द उठाएका थिए उनी अहिले ठन्डा बन्नुपर्ने बाध्यतामा पुगेका छन् ।

 ब्लूमबर्गले जेलेन्स्कीको सन्दर्भमा थप लेखेको छ: "उनलाई अन्तिम सदस्यता र सात राष्ट्रहरूको समूहबाट नयाँ सुरक्षा ग्यारेन्टीको प्रतिबद्धता दिइएको थियो। तर, भोलिपल्ट नै त्यो सन्देश काम नलाग्ने भएको छ।"

केही प्रमुख पश्चिमी नेताहरूको सटीक शब्दहरूको अर्थ लगाउने हो भने त युक्रेनका राष्ट्रपतिका लागि झन् तनावपूर्ण अवस्था देखिएको छ । " हामीलाई यो मन पर्छ वा पर्दैन भन्ने कुरा होइन, मानिसहरूको कृतज्ञता हेर्न चाहन्छौँ," बेलायतका रक्षा सचिव बेन वालेसले भोलिपल्ट बिहान पत्रकारहरूलाई भने। ठूलो मात्रमा जेलेन्सकीले हतियार र गोला बारुद माग गरेको बारे उनको टिप्पणी थियो "तपाईँ सबै देशहरूलाई आफ्नो भण्डार खालि गरेर आफुलाई दिन कर लगाउँदै हुनुहुन्छ।"

पर्दा पछाडिको झगडाको यो विवरण शिखर सम्मेलनमा संलग्न एक दर्जनभन्दा बढी कूटनीतिज्ञ र अधिकारीहरूसँगको अन्तर्वार्तामा आधारित छ । ब्लुमबर्गका अनुसार उनीहरूले निजी कुराकानीमा छलफल गर्न नाम नखुलाउन आग्रह गरेका थिए।

युक्रेनी विदेश मन्त्री दिमित्रो कुलेबाले "राजनीतिक इच्छाशक्तिको कमी" भएको स्वीकार गरेका छन्। यसैले यस्तो देखिन्छ कि जेलेन्स्कीको क्रोधित, निराश ट्विट पश्चिमी राष्ट्रलाई प्रहार गर्नु आफुलाई नाटोको सदस्यता तुरुन्तै दिन द्रुत-ट्र्याकको मागहरू गर्दै लाजमर्दो पार्ने अन्तिम प्रयास थियो।

ब्लूमबर्गले थप खुलासा गरेको छ, "महत्त्वपूर्ण रूपमा संयुक्त राज्य अमेरिका र जर्मनी थियो जसले युक्रेनलाई गठबन्धनमा सामेल हुने प्रतिबद्धतालाई फिर्ता गर्न जोड दिएको थियो। विज्ञप्तिको अघिल्लो मस्यौदाले युक्रेनलाई अन्ततः सामेल हुनको लागि स्पष्ट मार्ग प्रस्ताव गरेको थियो। तर, बाइडेन र चान्सलर ओलाफ स्कोल्ज सावधान थिए। जसले सो सम्भावनालाई धकेलेको छ।"

ब्लुमबर्ग लेख्छ "उनीहरूको टोलीले शिखर सम्मेलन अघि अन्तिम दिनहरूमा परिवर्तनको माग गरे । धेरै अन्य युरोपेली राष्ट्रहरू साथै युक्रेनीहरूलाई समेत निराश पार्दै यस्तो गरिएको थियो।" वास्तवमा बाइडेनले हप्ताको सुरुमा सीएनएन अन्तर्वार्तामा स्पष्ट स्वीकार गरे: युद्ध अझै जारी रहेकोले युक्रेनलाई सदस्यता दिँदा आणविक-सशस्त्र शक्तिहरू बिचको युद्ध सुरु गर्नेछ - जसले तेस्रो विश्वयुद्ध निम्त्याउन सक्छ । त्यसैले पश्चिमले अब कीभलाई हाललाई शान्त रहन र सदस्यताको लागि पर्खन भन्यो ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधवार युक्रेन नाटोमा सामेल हुने विषयमा समेत पश्चिमी राष्ट्रहरू माथि प्रहार गरे । उनले यस हप्ता आफ्नो देशलाई गठबन्धनमा सामेल हुन औपचारिक निमन्त्रणा नगरेकोमा आलोचना गरेका थिए।

 जेलेन्स्कीले बुधवार नाटोका महासचिव जेन्स स्टोल्टेनबर्गसँगको संयुक्त पत्रकार सम्मेलनमा युक्रेनले सङ्गठनसँग "अन्तरक्रियात्मकताको लामो बाटो" तय गरिसकेको र युक्रेनलाई सदस्यताको लागि प्रक्रियागत कदमको आवश्यकता हटाउने नाटोको निर्णयको प्रशंसा गरे।

सामाजिक सञ्जालमा जेलेन्स्कीको आक्रोशपूर्ण टिप्पणी यस्तो थियो:

"हामी हाम्रा सहयोगीहरूलाई कदर गर्छौँ। हामी हाम्रो साझा सुरक्षाको कदर गर्छौँ। र, हामी सधैँ खुला कुराकानीको कदर गर्छौँ। युक्रेनको भिल्नियसमा हुने नेटो शिखर सम्मेलनमा प्रतिनिधित्व हुनेछ। किनभने यो सम्मानको कुरा हो। युक्रेन पनि सम्मानको योग्य छ। हामीले सङ्केतहरू प्राप्त गर्‍यौँ कि निश्चित विषयहरू युक्रेन बिना छलफल भइरहेको छ। र, म जोड दिन चाहन्छु कि यो शब्द नाटो सदस्य बन्ने निमन्त्रणाको बारेमा हो, युक्रेनको सदस्यताको बारेमा होइन।

यो अभूतपूर्व र बेतुकपूर्ण हो जब समय सीमा न त निमन्त्रणाको लागि, न युक्रेनको सदस्यताको लागि सेट गरिएको छ। जबकि सदस्यता दिने "सर्तहरू" को बारेमा अस्पष्ट शब्दहरू युक्रेनलाई आमन्त्रित गर्न पनि थपिएको छ। युक्रेनलाई नाटोमा आमन्त्रण गर्ने वा गठबन्धनको सदस्य बनाउने कुनै तयारी छैन जस्तो देखिन्छ। 

यसको अर्थ रुससँगको वार्तामा युक्रेनको नेटोमा सदस्यता लिनको लागि अवसरको गुन्जाइस छोडिएको छ । र, रुसका लागि यसको अर्थ आतङ्क जारी राख्ने प्रेरणा हो। यस्तो अनिश्चितता कमजोरी हो। र, म शिखर सम्मेलनमा यसबारे खुलेर छलफल गर्नेछु।"

न्युयोर्क टाइम्सले नाटोको विज्ञप्तिमा के कमी थियो भन्ने बारे सारांशमा लेखेको छ: "नाटोले मङ्गलवार घोषणा गर्‍यो कि युक्रेनलाई गठबन्धनमा सामेल हुन आमन्त्रित गरिनेछ, तर कसरी वा कहिले ? यसका राष्ट्रपतिलाई निराश पार्दै अमेरिकी राष्ट्रपति बाइडेनको अन्य नेताहरूलाई रुससँग युक्रेनको युद्धमा प्रत्यक्ष रूपमा तान्नु हुँदैन भन्ने सङ्कल्प रहेको छ।"

भूराजनीतिक विश्लेषण समाचार साइट मुन अफ अलबामाको सटिक टिप्पणी छ: "ठिक छ। सानो हास्य कलाकार निराश देखिन्छ। मानौँ कि सम्पूर्ण नाटक सुरुदेखि नै स्पष्ट थिएन। सन् २०८८ देखि युक्रेनलाई रुसलाई दुख दिनको लागि एक उपकरणको रूपमा प्रयोग गरिन्थ्यो। अन्यथा, यो विषयको कुनै मूल्य छैन । यस्ता घटनाले अन्तमा रुसी सङ्घलाई फेरि सुपर पावरको रूपमा मान्यता दिनेछ।"

प्रतिक्रिया दिनुहोस