aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा मूल्य वृद्धि ८ वर्षयताकै न्यून, खाद्यान्न सस्तो हुँदा मुद्रास्फीति घट्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
भारतमा मूल्य वृद्धि ८ वर्षयताकै न्यून, खाद्यान्न सस्तो हुँदा मुद्रास्फीति घट्यो

एजेन्सी । भारतमा जुन महिनामा पनि थोक मुद्रास्फीति दर अर्थात् थोक मूल्य सूचकाङ्कमा ४.१२ प्रतिशतमा झरेको छ। डब्ल्यूपीआई लगातार तेस्रो महिनामा गिरावट भएको छ। यति मात्र होइन, यो थोक मुद्रास्फीति ८ वर्षयताकै न्यून स्तर रहेको भारतीय सञ्चारमाध्यमले समाचारमा उल्लेख गरेका छन । अघिल्लो अक्टोबर २०१५ मा यो ३.८१ प्रतिशत थियो। यो मे महिनामा ३.४८ प्रतिशतमा थियो। जहाँ गत वर्ष जुन २०२२ मा थोक मुद्रास्फीति दर १५.१८ प्रतिशतथियो।

जुनमा डब्लुपीआई मुद्रास्फीतिमा आएको गिरावट मुख्यतया खनिज तेल, खाद्यवस्तु, आधारभूत धातु, कच्चा पेट्रोलियम र प्राकृतिक ग्याँस र कपडाको मूल्यमा आएको कमीका कारण थियो।

खाद्य सूचकाङ्कमा थोक मुद्रास्फीति एक महिना अघि १.५९ प्रतिशतले घटेकोमा जुनमा वार्षिक १.२४ प्रतिशतले घटेको छ। जुनमा प्राथमिक वस्तुको मुद्रास्फीति २.८७ प्रतिशतमा झरेको छ । खाद्य वस्तुको वर्गमा जुनमा तरकारीको मुद्रास्फीति २१.९८ प्रतिशतले घटेको छ भने दाल र दूधको मूल्य ९.२१ प्रतिशत र ८.५९ प्रतिशतले बढेको छ ।

जुनमा इन्धन र विद्युतको मुद्रास्फीति १२.६३ प्रतिशतले घटेको छ । उत्पादित वस्तुको मुद्रास्फीति मे महिनामा २.९७ प्रतिशतले घटेपछि जुनमा २.७१ प्रतिशतमा झरेको छ । यद्यपि, मासिक आधारमा मे र जुनमा निर्मित वस्तुहरूको मुद्रास्फीति ०.५० प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस