aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

१ साउनदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २९ असार २०८०
१ साउनदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने

काठमाडौं । आगामी १ साउनदेखि सबै सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएका छन । शुक्रबार सूचना तथा प्रशारण विभागले एक विज्ञप्ति जारी गर्दै ‘अला कार्ट’ शुल्क प्रणालीका च्यानलहरु प्याकेजहरु प्राप्त नभएको भन्दै च्यानल नै बन्द हुने भएको सूचना जारी गरेको हो । 

‘अला कार्ट’ प्रणाली पे च्यानलका भारतीय टीभी च्यानल प्रसारक संस्थाहरुले सहयोग नगर्ने बताएपछि विभागले यो विषयसँग सम्बन्धीत निकायलाई सरकारले निर्दैशन पालना गरि सहयोग गर्न अपील गरेको छ ।

भारतीय च्यानहरुको छाता संगठन इण्डियन ब्रोडकास्टिङ एण्ड डिजिटल फाउन्डेसनले सूचना तथा प्रसारण विभागलाई पत्राचार गर्दै च्यानलहरुको प्रत्येक च्यानलको छुट्टा छुट्टै मूल्य तोक्ने कुरा मान्य नहुने जानकारी गराएको छ । सोनी, जी, डिस्कभरी, स्टार, कलर्स, एचबीओ, लगायतका विदेशी च्यानलका प्याकेज दिनेहरुले बुकेहरु, त्यसको मूल्य र बुकेमा हुने च्यानलहरुको प्रति इकाइ मूल्य प्रस्ताव गरेका छैनन । 

विभागले जारी गरेको विज्ञप्तिमा सरकाले मागअनुसार बुके र शुल्क नबुझाएकाले अला कार्ट प्रणाली लागु गर्न अवरोध देखिएको उल्लेख छ । सरकारले २८ असारसम्म विदेशबाट पैसा तिरेर खरिद गरिने विदेशी च्यानलहरुले बुके र यस्तो बुकेमा रहने च्यानलको प्रत्यके च्यानलको छुट्टा–छुट्टै मूल्य बुझाउनुपर्ने नियम बनाएपनि कोही पनि तयार नभएका हुन् ।

प्रतिक्रिया दिनुहोस