aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

रिक्त सात देशमध्ये ६ देशका लागि राजदूत सिफारिस

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० असार २०८०
रिक्त सात देशमध्ये ६ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले ६ देशका लागि नेपाली राजदूतहरुको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को मंगलबारको बैठकले पराराष्ट्र मन्त्रालयका ६ सहसचिवलाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको भए पनि उक्त निर्णय हालैमात्र सार्वजनिक भएको हो ।

हाल राजदूतविहीन ७ देश मध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेकोमा श्रोतले दिएको जानकारी अनुसार संयुक्त राष्ट्रसंघीय स्थायी नियोग न्युयोर्कका लागि सहसचिव लोकबहादुर थापा, राष्ट्रसंघीय नियोग जेनेभाका लागि सहसचिव रामप्रसाद सुवेदी, फ्रान्सका लागि सहसचिव सुधीर भट्टराईलाई राजदूतमा नियुक्त गरेको छ । 

त्यसैगरी, थाइल्यान्डका लागि सहसचिव धनबहादुर ओली, यूएईका लागि तेजबहादुर क्षेत्री र कुवेतका लागि घनश्याम लम्साललाई राजदूतमा सिफारिस गरिएको छ । सरकारले क्यानाडाका लागि भने राजदूत सिफारिस गरेको छैन ।  

प्रतिक्रिया दिनुहोस