aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतको शेयर बजारले फेरि बनायो नयाँ रेकर्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० असार २०८०
भारतको शेयर बजारले फेरि बनायो नयाँ रेकर्ड

एजेन्सी । भारतको बम्बई स्टक एक्स्चेञ्ज(बीएसई) सेन्सेक्स पहिलो पटक ६६,००० अंक भन्दा माथि पुगेको छ । आन्तरिक इक्विटी बजार शुक्रबार लगातार दोस्रो दिन बढ्यो। त्यस्तै भारतकै अर्को नेशनल स्टक एक्स्चेञ्ज(निफ्टी) पनि हालसम्मकै उच्चमा बन्द भयो। 

३० सेयर बीएसई सेन्सेक्स ५०२.०१ अंक वा ०.७७ प्रतिशतले उकालो लागेर ६६,०६०.९० को सबै समयको उच्चमा बन्द भयो। कारोबारको क्रममा, सेन्सेक्स ६००.९अंकले ६६,१५९.७९ अंकको रेकर्ड स्तरमा पुग्यो।

नेशनल स्टक एक्सचेन्जको (निफ्टी) पनि १५० दशमलव ७५ अंक अर्थात ०.७८ प्रतिशतले बढेर १९ हजार ५६४ दशमलव ५० अंकमा पुगेको छ । कारोबारको क्रममा, निफ्टी १८१.६ अंकले १९,५९५.३५ अंकको उच्चतम स्तरमा पुग्यो।

प्रतिक्रिया दिनुहोस