aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अहिले यी ठाउँहरुमा परिरहेको छ पानी, कस्तो हुनेछ आजको मौसम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असार २०८०
अहिले यी ठाउँहरुमा परिरहेको छ पानी, कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । विभागका अनसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहेको छ । साथै मधेश प्रदेश बाहेकका अन्य सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ ।

मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको छ । 

त्यस्तै, राती मधेश र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका एकदुई स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । 

आगामी २४ घण्टात्रि सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ । साथै मधेश प्रदेश लगायत कोशी प्रदेशका तराई भूभागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना रहेको हुनाले यसबाट सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने देखिन्छ । 

तसर्थ हावाहुरी, भारी वर्षा, मेघगर्जन र चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस