aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भोलिदेखि पेट्रोलियम पद्धार्थको मूल्य स्वचालित प्रणालीमा

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, ३१ असार २०८०
भोलिदेखि पेट्रोलियम पद्धार्थको मूल्य स्वचालित प्रणालीमा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए । 

साउन महिनादेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने निगमले जनाएको छ । स्वचालित मूल्य भनेको अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ । डिजेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासमा समेत स्वचालित मूल्य लागु गरिने निगमले जनाएको छ । 

यसअघि पूर्ण रूपमा मूल्य घट्दा नघटाउने र बढ्दा मात्र बढाउने गर्दा प्रभावकारी रूपमा कार्यान्वयनमा आउन सकेको थिएन । २०७१ सालमा निगम ३६ अर्ब ऋणमा रहेको थियो । त्यसपछि क्रमिक रूपमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दै गएको र स्वचालित मूल्य लागु गर्दै गए पनि त्यसपछि निगम ऋण चुक्ता गर्न सफल भएको थियो । 

नाफा हुँदा पनि इन्धनमा न्यून मूल्य घटाउँदा त्यसको मारमा उपभोक्ता पर्ने गरेका छन् । निगमले स्थानीय बजारमा मूल्यसमेत घटाउँदै आएको छ । हाल बजारमा पेट्रोल प्रतिलिटर १७०, डिजेलरमटितेल १५०, हवाई इन्धन प्रतिलिटर १३६ रुपियाँ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर एक हजार आठ सय रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस