aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असार २०८०
परराष्ट्रमन्त्री साउद थाइल्याण्ड जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज थाइल्याण्ड जाने भएका छन् । थाइल्याण्डले आयोजना गर्ने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आज त्यसतर्फ जाने भएका हुन् ।   

परराष्ट्र साउदको नेतृत्वको प्रतिनिधिमण्डल आज दिउँसो १ः३० बजे थाइ एयरवेजबाट बैंकक प्रस्थान गर्ने मन्त्रालयले जनाएको छ । उनी सोमबार बिमस्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भइ मंगलबार स्वदेश फर्किेन छन् ।  

बिमस्टेक सन् १९९७ जुन ६ मा बैंकक घोषणापत्रमा हस्ताक्षर गरी स्थापना भएको एक क्षेत्रीय संगठन हो । प्रारम्भिक रूपमा यो संगठन ‘बिस्टेक’ (बंगलादेश–भारत–श्रीलंका–थाइल्याण्ड आर्थिक सहयोग) को रूपमा थियो । सन्  १९९७  डिसेम्बर २२ मा म्यानमार तथा सन् २००४ फेब्रुअरीमा नेपाल र भुटान प्रवेश गरेपछि सात सदस्य राष्ट्रहरू समावेश भइ यो संगठन अब बिमस्टेकको रूपमा चिनिन्छ ।  

प्रतिक्रिया दिनुहोस