धनुषा । भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै पहिलो पटक आज महोत्तरीको भंगहास्थित बिजलपुरा स्टेसनमा रेल पुगेको छ । आजदेखि भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन हुने भएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार भारतको जयनगरदेखि जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालित रेल सेवाको हरियो झण्डा हल्लाएर शुभारम्भ गरेका हुन् । रेल शुभारम्भपछि भंगहा विजलपुरा स्टेशनबाट जयनगरका लागि गुड्ने छ ।

जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवासञ्चालन भएको थियो । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो ।
निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस