काठमाडौं । साउन १ गते अर्थात् सोमबारदेखि हवाई भाडा महँगो बन्ने भएको छ । नेपाल वायुसेवा सञ्चालक संघले आइतबार एक विज्ञप्ति जारी गर्दै सोमबारदेखि हवाई भाडामा भ्याट समायोजन हुने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आ.ब. २०८०/०८१ को बजेट वक्तव्य मार्फत घोषणा गरे अनुरूप हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने ब्यहोरा सर्वसाधारण तथा यात्रु महानुभावहरूलाई जानकारी गराइन्छ । तसर्थ नेपाल सरकारबाट बजेट वक्तव्य मार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस संघमा आबद्ध सम्पूर्ण वायुसेवा कम्पनीहरुले मिति २०८०।०४।१ गते (तद्अनुसार १७ जुलाई २०२३) देखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने ब्यहोरा यसै विज्ञप्ति मार्फत सर्वसाधारण तथा यात्रु महानुभावहरूको जानकारीको लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।’
सरकारले आर्थिक विधेयक (बजेट) मार्फत पहिलो पटक हवाई भाडामा भ्याट लगाउने निर्णय गरेको थियो । सोही अनुरूप नेपाल वायुसेवा सञ्चालक संघले सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा लगिने जनाएको हो ।
प्रतिक्रिया दिनुहोस