aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असार २०८०
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

धादिङ । जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । निलकण्ठ नगरपालिका ३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । 

ढकालको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ६ सय ७० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस