aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कश्मीर भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
कश्मीर भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो

एजेन्सी । पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ ।

भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो ।

मंगलबार अपराह्नमा गएको यस भूकम्पको कारण पाकिस्तान प्रशासित काश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।

पूर्वी पाकिस्तान र भारतमा समेत भूकम्प झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस