aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

काठमाडौंको फोहोर बिसर्जन गर्न शुल्क तिर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ साउन २०८०
काठमाडौंको फोहोर बिसर्जन गर्न शुल्क तिर्न पर्ने

काठमाडौं । नुवाकोटको ककनी र धादिङको धुनीबेंसीका बासिन्दाले काठमाडौंको फोहोर बिसर्जनमा रोक लगाएर शुल्क उठाउने भएको छ । ककनी गाउँपालिकी उपप्रमुख  मिठ्ठु माया तामाङका अनुसार काठमाडौं महागरपालिकाले स्थानीहरुको सर्त पालना नगरेकाले अब फोहोर व्यवस्थापन गर्नका शुल्क लागू गर्ने निर्णय गरेको बताइन ।

उनले आर्थिकन्युजसँग कुरा गर्दै भनिन्, 'अब काठमाडौंबाट आउने फोहोरका गाडीले यहा फोहोर विसर्जन गर्नका लागि शुल्क तिर्न पर्छ । सानो गाडीले एक हजार रुपैयाँ र ठूलो गाडीले एक हजार पाँच सय रुपैयाँ तिर्न पर्ने व्यवस्था गरेको छ ।' 

यसअघि सरकार र काठमाडौं महानगरसँग भएका सहमति एक वर्ष हुँदा पनि कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जन गर्न रोक लगाएका हुन् । आज बिहान फोहोर बोकेर ल्याण्डफिल्ड साइटमा जाँदै गरेका गाडीहरु स्थानीयको अवरोधका कारण बन्चरेडाँडा र सिसडोलको बिचमा रोकिएको उनले बताइन ।

स्थानीयले सहमतिका नाममा आफूहरुलाई पटक(पटक झुक्याइएको उनले आरोप लगाइन । सरकारले यसअघि गल्ने र नगल्ने फोहोर वर्गीकरण गरेर गल्ने फोहोर मात्र विसर्जन गर्नेलगायतका सहमति ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दासँग गरेको थियो । 

प्रतिक्रिया दिनुहोस