
एजेन्सी । थाइल्यान्डको दक्षिणी प्रान्त नारथीवाटमा ‘बर्ड सिङ्गिङ कम्पिटिशन’ मंगलबार बाट सुरु भएको छ । यसमा थाइल्यान्ड, सिंगापुर र मलेशियाका गरी १८ सय पन्छीले भाग लिएका छन् ।
प्रतियोगितामा पन्छीहरुलाई पीँजडामा राखेर १५ फिट अग्लो खम्बामा झुन्डाइन्छ । प्रतियोगितामा बुलबुल, सुँगा, परेवा र अन्य साना चराहरु शामेल छन् । पन्छीहरुका मालिक ४ महिना अघि देखि नै यसको तयारी गर्न सुरु गरेका हुन् ।
प्रतियोगितामा ४ राउन्ड हुन्छ । पन्छीहरुलाई विजेता बन्नका लागि एक राउन्डमा कम से कम तीन पटक गाउनुपर्छ । गीत गाउने समय ३० सेकेन्ड तोकिएको छ । यसका साथै पिँजडालाई सजाइएको छ भने खानपानको व्यवस्था त्यहीँ गराइएको छ ।
पछिल्लो वर्ष विजेतालाई १ लाख १२ हजार रुपैयाँ दिइएको थियो भने यस वर्ष पुरस्कार रकम बढाउँदै २ लाख ४० हजार रुपैयाँ विजेता पन्छीले जित्नेछ ।
प्रतिक्रिया दिनुहोस