aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतमा फ्रान्चाइजी व्यवसायको लगानी  १४०–१५० बिलियन डलर हुने अपेक्षा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ साउन २०८०
भारतमा फ्रान्चाइजी व्यवसायको लगानी  १४०–१५० बिलियन डलर हुने अपेक्षा

एजेन्सी । भारतमा फ्रान्चाइजी व्यवसाय आगामी पाँच वर्षमा १४०–१५० बिलियन डलर हुने अपेक्षा गरिएको छ। फ्रान्चाइज इन्डियाले शनिबार जारी गरेको प्रतिवेदनमा यस्तो अनुमान गरेको हो । फ्रेन्चाइज फरकास्ट २०२३–२४ मा फ्रैन्केस्ट ह्वाइटपेपरु रिपोर्ट अनुसार, भारतको फ्रान्चाइज उद्योग करिब ८०० अर्ब रुपैयाँ भारुको छ र आगामी वर्षहरूमा वार्षिक आधारमा ३०–३५ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ।

रिपोर्टका अनुसार भारत हाल विश्वको दोस्रो ठूलो फ्रान्चाइजी बजार हो। पाँच वर्ष पछि, फ्रान्चाइजी उद्योग  १४०–१५० अर्ब डलरको हुने अपेक्षा गरिएको छ। हाल, भारतका सबै क्षेत्रहरूमा करिब ४,६०० सक्रिय फ्रान्चाइजरहरू छन् । जसले करिब दुई लाख पसलहरू सञ्चालन गरिरहेका छन्।

प्रतिवेदनमा हरेक वर्ष ३०० भन्दा बढी कम्पनीले फ्रान्चाइजी सुरु गर्दै आएको र कुल फ्रेन्चाइजीमध्ये ५३ प्रतिशत बहु–राष्ट्रिय फ्रेन्चाइजी रहेका छन् । यद्यपि भारतीय फ्रेन्चाइज बजार अझै प्रारम्भिक चरणमा छ ।  उद्योगले राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा करिब दुई प्रतिशत योगदान पुर्‍याउँछ र १० लाख रोजगारी सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस