aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आर्थिकन्यूज डटकमको कार्यकारी सम्पादकमा देवकोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ साउन २०८०
आर्थिकन्यूज डटकमको कार्यकारी सम्पादकमा देवकोटा

काठमाडौं । आर्थिकन्यूज डटकमको कार्यकारी सम्पादकमा विजय देवकोटा नियुक्त भएका छन् । मिडिया आइ प्रालिले संचालन गर्दै आएको अनलाइन न्यूजपोर्टल आर्थिकन्यूजको सञ्चालक समितिले देवकोटालाई कार्यकारी सम्पादकको जिम्मेवारी सहित नियुक्त गरेको हो ।

साउन १ देखि कार्यभार सम्हालेका देवकोटालाई मिडिया आइका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत इन्द्र बानियाँले कार्यालयमा स्वागत गरे । पछिल्ला वर्षहरूमा विभिन्न अनलाइन समाचार पोर्टलमा काम गरेका देवकोटाको अनुभव र ज्ञानले आर्थिकन्युजलाई नयाँ उचाइमा पुर्‍याउने आफूले विश्वास लिएको बानियाँले बताए ।

आर्थिकन्यूजका प्रधान सम्पादक सीताराम भट्टराइले आर्थिक पत्रकारितामा डेढ दशक लामो अनुभव भएका देवकोटाको नेतृत्वमा आर्थिकन्युज डटकमको समाचार कक्षले थप ऊर्जा प्राप्त गर्ने विश्वास प्रकट गरे । आर्थिक पत्रकारको भीडमा आफ्नो फरक पहिचान बनाएका देवकोटाले आर्थिकन्यूजलाई रचनात्मक ढंगले नेतृत्व गर्दै पत्रकारिताको सार्थकता पुष्टि गर्ने अपेक्षा आफूले राखेको भट्टराईले बताए ।

नवनियुक्त कार्यकारी सम्पादक देवकोटाले आफूले पत्रकारितामा आर्जन गरेको अनुभव, ज्ञान र क्षमता आर्थिकन्यूजको उन्नयनमा केन्द्रित गर्ने बताए । देवकोटाले यसअघि कारोबार दैनिक, रातोपाटी अनलाइन र विदेशका विभिन्न सञ्चार स‌ंस्थामा काम गरिसकेका छन्‌ ।

प्रतिक्रिया दिनुहोस