
काठमाडौं । दैनिक उपभोग्य बस्तुहरूमा भएको मूल्यबृद्धिले उपभोक्ताको ढाड सेकेको छ ।
कालिमाटी तरकारी तथा फलफुल बजारको तथ्यांकले ४ बर्षको अवधिमै ब्यापारीले तरकारी तथा फलफुलमा तेब्बर मूल्य वृद्धि गरेको तथ्यांकले देखाएको छ । उक्त तथ्याकं अनुसार १ किलो भन्टा लाम्चोको लगभग चार गुणा मूल्य बढेको छ ।
२०७२ असोज ८ गते ३३ रुपैयाँ पर्ने भन्टा लाम्चोको आज (असोज ८) १२५ रुपैयाँमा बिक्री भइरहेको छ । त्यस्तै १०५ रुपैयाँ पर्ने धनिया अहिले ४१५ रुपैयाँ खुद्रा मूल्यमा व्यापारीहरू बिक्री गरिरहेका छन् ।
भन्टा लाम्चो र धनिया मात्रै होइन गोलभेडा, काउली, बोडी तने, घिउ सिमी, तितो करेला, लौका, पालुगो साग, पुदिना, आलुको मूल्यले पनि उपभोक्ताको ढाड सेक्ने गरी व्यापारीले मुल्य बढाएका छन् ।
व्यापारीहरुले चाडपर्व नजिकिँदै गर्दा आफूसुखी मुल्य वृद्धि गरेर चामल, दाल, गेडागुडी, पिठो तरकारी लगायत अत्यावश्यक खाद्यवस्तुमा मनपरी मुल्य कायम गरी रहेका छन् । साँझ बिहान छाक टार्न मात्र भएपनि तरकारी, हरियो सागको आवश्यकता पर्ने बेला बजारको भाउ छोइ नसक्नु रहेको छ ।
पालुगौ साग ४ बर्ष अघि ७३ रुपैयाँ प्रति किलोग्राममा बिक्री गर्दै आएका थिए । तर अहिले २१५ रुपैयाँ प्रति किलोग्राममा बिक्री भइरहेको छ । त्यस्तै पुदिना प्रति किलोग्राम १०५ रुपैयाँमा पाइने अहिले २९० रुपैयाँ प्रति किलोग्राममा बिक्री भइरहेको छ ।
बोडी तने ४५ रुपैयाँमा बिक्री भइरहेको ४ बर्षमै १३५ रुपैयाँ प्रति किलोग्राममा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस