aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हिमालयन लाइफको ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
हिमालयन लाइफको ५१ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक तर्फको ५१ हजार ४५० कित्ता संस्थापक शेयर साउन २ गतेदेखि बिक्रीमा ल्याएको छ । कम्पनीले हेमन्त नाहटाको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

यो शेयरको मूल्य प्रतिकित्ता ३१० रूपैयाँ तोकिएको छ । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी खरीद आवेदन पेश गर्नुपर्नेछ । आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय मनकामना मार्ग हात्तिसार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । 

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट लिखित आवेदन प्राप्त नभएमा दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस