aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अवैध रूपमा लैजाने लागेको अमेरिकी डलरसहित एक जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
अवैध रूपमा लैजाने लागेको अमेरिकी डलरसहित एक जना पक्राउ

काठमाडौं । अवैध रूपमा लैजाने लागेको अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका लेबनान नागरिक ४२ वर्षीय एल यमन महमदलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित प्रहरीले पक्राउ गरेको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाई लैजान लागेको १ सय दरको १ सय थानमा रहेको उक्त अमेरिकी डलर फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि सोमबार राजश्‍व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस