
काठमाडौँ । अधिकारसम्पन्न स्थानीय सरकार गठन भइसके पनि नीति निर्माणमा सक्रिय हुनुपर्ने सांसदहरुले आफ्नै तजबिजीमा खर्च गर्ने बजेट बढाउन दबाव दिन थालेका छन् ।
नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा प्रतिनिर्वाचन क्षेत्र ४ करोड रुपैयाँ बजेटलाई १० करोड पुर्याउन सांसदहरुले ‘लबिइङ’ सुरु गरेका हुन् । बजेट अधिवेश सुरु भएको दिन सोमबार नेकपाका सांसदहरुले बजेट बढाउन हस्ताक्षर संकलन सुरु भएको हो ।
यस अधि स्थानीय निकायको समन्वयमा खर्च खर्च दिएको अधिकारलाई संसादले सोधै खर्च गर्न पाउने गरी पनि मागेका छन् । स्थानीय निकायसँगको समन्वयमा खर्च गर्ने गरी गत वर्ष दिएको बजेटमा संसदहरु असन्तुष्ट हुँदै आएका थिए । उनहिरुको माग यो वर्षको बजेटमा खर्च अधिकार र रकम दुबै बढाउने भन्ने छ । कान्तिपुर दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस