aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०२ साउन २०८०
उडान ‘डिले’ भएपछि निगमद्वारा छानबिन समिति गठन

काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट भैरहवा हुँदै काठमाडौं आउन तय भएको जहाजको उडान ‘डिले’ भएको विषयमा नेपाल वायुसेवा निगमले छानबिन समिति गठन गरेको छ । नेपाल एयरलाइन्सको ९एन–एकेडब्लू न्यारोवडी जहाज आज विहान उडान गर्नुअघि निरीक्षणका क्रममा क्रू अक्सिजन बोतलको प्रेसर कम देखिएपछि उडान रोकिएको निगमले जानकारी दिएको छ ।  

क्वालावम्पुरको स्थानीय समयअनुसार विहान ५ बजे भैरहवा उडानका लागि तय भएको विमानमा प्राविधिक त्रुटी देखिएपछि उडान डिले भएको थियो । प्राविधिक मर्मतपछि स्थानीय तहअनुसार दिउँसो ३ बजे उडान भइसकेको निगमले जानकारी दिएको छ । जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान १० घण्टा डिले भएको थियो । 

के कस्तो प्राविधिक कारणले यो समस्या आएको हो सोको पत्ता लागाउन र भविष्यमा यस्तो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन छानबिन समिति गठन गरिएको  निगमको भनाइ छ । निगमले उडान ढिलो भएकोमा आगामी दिनमा यस्तो हुन नदिने विश्वास दिलाउँदै यात्रुसँग माफी समेत मागेको छ । निगमले गत जेठ २९ गतेदेखि मलेसियाको क्वालालम्पुर-भैरहवा-काठमाडौँ रुटमा उडान सुरु गरेको हो । 

यो पनिः  मर्मत गरेको ५ घण्टामै बिग्रियो ‘सगरमाथा’, अक्सिजन नहुँदा १५२ यात्रु अलपत्र !

प्रतिक्रिया दिनुहोस