काठमाडौं । ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज बुधबार पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार हेर्दाहेर्दैमा रोखर रिट निवेदनमाथि बुधबार सुनुवाइ हुने भएको हो ।
यस प्रकरणमा किर्ते गरेको अभियोगमा सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो । सर्वोच्च अदालतले यस विषयमा छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस