aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सरकारी जग्गा नक्कली पुर्जा बनाएर कम्पनीको नाममा बनाउने ६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ असोज २०७६
सरकारी जग्गा नक्कली पुर्जा बनाएर कम्पनीको नाममा बनाउने ६ जना पक्राउ

काठमाडौं । काठमाडौं चन्द्रगिरी नगरपालिका(२ को कित्ता नम्बर १०१ को ९२ रोपनी सरकारी जग्गालाई किर्ते कागजातहरु बनाई सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा त्रिपुरा सुन्दरी गाउँपालिका-३ मुलपानी मिना कुमारी थापा, उक्त हाउजिङका संचालक काठमाडौं तारकेश्चर नगरपालिका -१० मा डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-५ दानसिङका  राम कुमार सुयाल थापा, ललितपुर गोदावरी नगरपालिका-१४ वाडेगाउँ  बस्ने कैलाली चुरे गाउँपालिका(६ घर भएका राम बहादुर शाह रहेका छन् ।

 त्यसै, काठमाडौं महानगरपालिका-१६ बस्ने नागार्जुन नगरपालिका(७ घर भएका तत्कालिन मालपोत अधिकृत  शिव प्रसाद रिमाल,  काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने गोरखा सिरानचौक गाउँपालिका-१ घर भएका कानुन व्यवसायी बाबुराम शर्मा रेग्मी र काठमाडौं बुढनिलकण्ठ नगरपालिका-१२ कपन बस्ने ओखलढुङगा चिसंखुगढी गाउँपालिका-८ घर भएका योगेन्द्र पोखरेल रहेका छन् । 

उक्त सरकारी जग्गालाई राम बहादुरको योजनामा मिनाको नाममा नक्कली जग्गाधनी प्रमाण पूर्जा बनाइ उक्त जग्गालाई कम्पनीको नाममा विक्रीको करारको कागजातहरु तयार पारेको अनुसन्धानबाट खुल्ला आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका ६ जनालाई लिखत सम्बन्धि कसुर तथा संगठित अपराध मुद्दामा आवश्यक कारवाही लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं पेश गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस