aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सम्पत्ति शुद्धीकरण सम्बन्धित जोखिमबाट नेपाल बच्यो, एक वर्षभित्र कानुन पास गर्नैपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ साउन २०८०
सम्पत्ति शुद्धीकरण सम्बन्धित जोखिमबाट नेपाल बच्यो, एक वर्षभित्र कानुन पास गर्नैपर्ने

काठमाडौं । सम्पत्ति शुद्धिकरण सम्बन्धित जोखिमबाट नेपाल बचेको छ । नेपालले सम्पत्ति शुद्धिकरणको संरचनागत सुधारको प्रतिबद्धता जनाएपछि अवैध धनको संरक्षण र ओसारपसार गर्ने मुलुकहरुको सूचीबाट नेपाल केहि वर्षलाई बचेको हो । सम्पत्ति शुद्धिकरणको निगरानी गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)ले नेपाललाई जोखिम सूचीमा पर्ने सम्भावना टरेर गएको सम्मेलनमा भाग लिएका एक अधिकारीले बताए । 

नेपालले सम्पत्ति शद्धिकरणलाई प्रक्षय नदिने विभिन्न कानुनहरु निर्माण गर्दै गएकाले एफएटीएफलाई  हामीले थप विस्वास दिलाउन सकेकाले नेपाललाई थप कानुन बनाएर कार्यान्वय गर्न यहि वर्षदेखि नेपालको प्रोसेस शुरु भएको ती अधिकारीले बताए । उनले भने, 'नेपाल अब यो वर्षदेखि सम्पत्ति शुद्धिकरण सम्बन्धीत सबै कानुन, अनुसन्धान सक्न पर्ने बाध्यता बनेको छ । सबैभन्दा ठूलो काम भनेको हामीले सम्पत्ति शद्धिकरण सम्बन्धी प्रस्ताव भएका कानुनहरु तत्काल पास गर्ने पर्ने हुन्छ ।' 

एक वर्ष समय दिएको ती अधिकारीले जानकारी दिए । एफएटीएफले कानूनी र संरचनागत सुधारको प्रतिवद्धता जनाएपछि एफएटीएफले म्याद थपेको हो । क्यानडाको भ्याङकुभरमा सम्पन्न एफएटीएफको साधारणसभाले नेपाललाई प्रतिवद्धता कार्यान्वयनका लागि करिव एक वर्षको समय दिएको हो ।

प्रतिक्रिया दिनुहोस