aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

दार्चुलामा ४२ करोड बढी विकास बजेट ‘फ्रिज’

  • रासस
    रासस
  • बुधबार, ०३ साउन २०८०
दार्चुलामा ४२ करोड बढी विकास बजेट ‘फ्रिज’

दार्चुला । दार्चुलाका नौ स्थानीय तहको ४२ करोड रुपैयाँभन्दा बढी विकास बजेट ‘फ्रिज’ भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौ वटै स्थानीय तहमा सङ्घ र प्रदेशबाट प्राप्त विकास बजेटमध्ये ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रुपैयाँ ‘फ्रिज’ भएको हो । 

सङ्घीय सरकारबाट ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त विकास बजेटको तीन अर्ब ५७ करोड ९४ लाख ३० हजार ६३४ रुपैयाँमध्ये ४२ करोड १४ लाख ३१ हजार ४६४ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिए ।

जिल्लाको शैल्यशिखर नगरपालिकामा सङ्घीय सरकारबाट प्राप्त ४९ करोड ८३ लाख एक हजार तथा प्रदेश सरकारबाट प्राप्त दुई करोड १० लाख ७२ हजारमध्ये आठ करोड १८ लाख १७ हजार ८५३ रुपैयाँ  विकास बजेट पनि फिर्ता गएको छ ।

यस्तै, महाकाली नगरपालिकामा सङ्घीय र प्रदेश सरकारबाट प्राप्त कूल विकास बजेट ५१ करोड ८२ लाख ३२ हजार ५७४ मध्ये पाँच करोड ८८ लाख ८३ हजार १४५ रुपैयाँ फिर्ता गएको छ छ । ब्याँस गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९५ लाख १८ हजारमध्ये करोड २६ लाख ८३ हजार ५८१ फिर्ता गएको छ भने नौगाड गाउँपालिकालाई प्राप्त ३७ करोड ४१ लख ४३ हजार ७६० मध्ये दुई करोड ७८ लाख दुई हजार ८९५ रुपैयाँ खर्च हुन नसकी फिर्ता गएको छ । यसैगरी मार्मा गाउँपालिकालाई प्राप्त ३८ करोड ९७ लाख ३२ हजार ९०० मध्ये तीन करोड ३७ लाख ४२ हजार ७७३ रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक भट्टले बताए ।

जिल्लाको दुहुँ गाउँपालिकाका लागि प्राप्त ३० करोड ९७ लाख ७० हजार ५०० मध्ये चार करोड ६८ लाख ९५ हजार तीन सय ६५ फिर्ता गएकोे छ भने अपी हिमाल गाउँपालिकाका लागि प्राप्त २६ करोड ३५ लाख ७३ हजार २०० मध्ये तीन करोड दुई लाख छ हजार ४३० रुपैयाँ फिर्ता गएको छ । लेकम गाउँपालिकाका लागि प्राप्त ३५ करोड ९४ लाख ४९ मध्ये चार करोड ५८ लाख ९३ हजार ५२७ फिर्ता गएको छ । 

विकास बजेट रकम फिर्ता जानुमा समयमै निकासा नआउनु, योजनाहरू कार्यान्वयन नहुनुलगायत कारणहरू रहेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस