
एजेन्सी । जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट (राहदानी) विश्वकै शक्तिशाली घोषित भएको छ । पासपोर्ट वरियता घोषणा गर्ने गरेको हेनले एण्ड पार्टनर्सले सन् २०२३ मा सिंगापुरको पासपोर्ट शक्तिशाली रहेको घोषणा गरेको हो ।
शक्तिशाली पासपोर्टको दोस्रो वरीयतामा यूरोपका तीन देश जर्मनी, इटाली र स्पेन परेका छन् । गत वर्ष पहिलो स्थानमा रहेको जापान यो वर्ष तेस्रो स्थानमा पुगेको छ । जापानभन्दा माथि संख्याका हिसाबले ७ मुलुक छन् । बेलायतको पासपोर्टले चौथो र अमेरिकी पासपोर्टले आठौं शक्तिशाली वरीयता प्राप्त गरेको छ ।
नेपालको पासपोर्ट भने अन्तिमबाट आठौं भएको छ । यसको अर्थ नेपाली पासपोर्ट विश्वकै कमजोरमध्येमा परेको हो । वरियतामा भने नेपाल झन् खराब अर्थात अन्तिमबाट छैठौं स्थानमा परेको छ । नेपालभन्दा पछाडि प्यालेस्टाइन, सोमालिया, यमन, पाकिस्तान, सिरिया, इराक र अफगानिस्तान छन् ।
सम्बन्धित देशका नागरिकले भिसा प्राप्त गर्न सक्ने क्षमता र विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रता मापन गरी हेनले एण्ड पार्टनर्सले वर्षेनी पासपोर्टको वरीयताक्रम प्रकाशन गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस