aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज यी दुई प्रदेशमा वर्षा हुने सम्भावना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ साउन २०८०
आज यी दुई प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। हाल लुम्बिनी प्रदेश तथा देशका पहाडी भू–भागमा  आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको जल तथा मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती भने  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग  एक दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस