काठमाडौं । एक्जिटो एजुकेसन अष्ट्रेलियाले ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ सम्पन्न गरेको छ । सिंगापुरमा आयोजित अवार्ड समारोहमा शिक्षा क्षेत्रमा योगदान दिएका ३३ जना विद्यालय सञ्चालक तथा विद्यालयहरूलाई ‘एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२३’ द्वारा सम्मान गरेको छ ।
सिंगापुरमा आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथि लिंकन युनिभर्सिटीका प्रो-चान्सलर प्रोफेसर दातुक डाक्टर हज्जा बीबी फेलिरना अब्दुलहा र एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले संयुक्त रूपमा अवार्ड प्रदान गरेका हुन् । कार्यक्रममा नेपालभरिबाट छनोटमा परेका विभिन्न विद्यालय, कलेज तथा ती शैक्षिक संस्थाका सञ्चालक एवम् प्रिन्सिपलहरूले शिक्षा क्षेत्रको विकासमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै उक्त अन्तरराष्ट्रिय अवार्ड प्रदान गरेको एक्जिटो एजुकेशनले जानकारी दिएको छ ।
कार्यक्रममा एभरेष्ट इङ्ग्लिस विद्यालय भक्तपुरका प्रिन्सिपल भक्त राजभण्डारी र रिलाएन्स इङ्ग्लिस विद्यालय हेटौंडाका प्रिन्सिपल केशवलाल श्रेष्ठलाई ‘लाईफटाईम अचिवमेन्ट अवार्ड’ द्वारा सम्मानित गरियो । त्यसैगरी समृद्धी विद्यालय तथा कलेजका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव प्रिन्सिपल अफ द इयर अवार्ड’ , नवरत्न इङ्ग्लिस विद्यालय भक्तपुरका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठलाई ‘मोस्ट इन्नोभेटिव एडुकेसनिस्ट अफ द इयर अवार्ड’, अमर आदर्श बोर्डिङ स्कूलका सञ्चालक अध्यक्ष विजयराज पन्तलाई डाइनामिक एजुकेसन लिडर अवार्ड, रामजानकी विद्यालय बाँकेका दिनेश सिग्देललाई ‘एजुकेसन पायोनियर अवार्ड’, अरनिको आवासिय सेकेण्डरी विद्यालयर कलेज बिराट्नगरलाई ‘बेस्ट+२ कलेज अवार्ड’, केल्पाल हस्पिटल एन्ड कलेजलाई ‘बेस्ट टेकनिकल कलेज अवार्ड’ र कैलाली मोडेल सेकेण्डरी विद्यालयलाई ‘इन्नोभेटिव+२ कलेज’ अवार्ड प्रदान गरिएको थियो ।

उक्त कार्यक्रममा सिद्धार्थ सेकेन्डरी विद्यालय मोरङका प्रिन्सिपल अर्जुन बस्नेतलाई ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्रदान गरियो । त्यसैगरी मालिका इङ्ग्लिस विद्यालय धनगढीका प्रिन्सिपल सिबी चन्द, आदर्श इङ्ग्लिस विद्यालय कुश्माका प्रिन्सिपल हिम बहादुर पौडेल, होली केयर इङ्ग्लिस विद्यालय नवलपरासीका प्रिन्सिपल ईन्द्र गुरुङ , हाइड एन्ड सीक किन्डरगार्टन काठमाडौंकि प्रिन्सिपल कुमुद छत्कुली भट्ट, एबिसि विद्यालय, नेपालगन्जकि प्रिन्सिपल शशी श्वार्, जीवन ज्योती विद्यालय, बिरगंजका प्रिन्सिपल शिव कुमार गुप्ताले ‘बेस्ट प्रिन्सिपल अवार्ड’ प्राप्त गरे ।
त्यस्तै ‘बेस्ट विद्यालय अवार्ड’ एक्सिस विद्याश्रम विद्यालय, धनगढी, ब्राइट फ्युचर सेकेण्डरी विद्यालय, मोरङ, महेन्द्र मेमोरियल एकेडेमी सुनसरी, मोडर्न इङ्ग्लिस विद्यालय, भक्तपुर, नाइटीङगेल सेकेण्डरी विद्यालय, ललितपुर र भ्याली पब्लिक विद्यालय, काठमाडौंले प्राप्त गरे ।
कार्यक्रममा ज्ञान ज्योती एजुकेसनल एकेडेमी, दाङ घोरहीका प्रिन्सिपल बिरेन्द्र चन्द, सिद्धपाइला इङ्ग्लिस मिडियम सेकेण्डरी विद्यालय, सुर्खेतका प्रिन्सिपल नैन सिंह खत्री, ब्लूमिङ बड्स विद्यालय, नवलपुरका प्रिन्सिपल सन्तोश रौनियार, स्प्रीङडेल एकेडेमी नेपालगन्जका प्रिन्सिपल सरद चन्द्र रावल र न्यू शिशु इङ्ग्लिस बोर्डइङ विद्यालय कपिलवस्तुका प्रिन्सिपल शिव प्रसाद गैरेले ‘इन्नोभेटिव प्रिन्सिपल ‘अवार्ड प्राप्त गरे ।
‘इन्नोभेटिव विद्यालय अवार्ड’ काठमाडौंको भद्रकाली इङ्ग्लिस मिडियम विद्यालय, चितवनको ग्रीन ल्यान्ड पब्लिक विद्यालय, कपिलवस्तुको हथौसा लिटल स्टार विद्यालय, रौतहटको होलीभिजन एकेडेमी, रामेछापको केब्स विद्यालय र भक्तपुरको मदरल्यान्ड विद्यालयले प्राप्त गरे ।
एक्जिटो एजुकेसनका निर्देशक सचेत वीदीजनले एक्जिटोले सर्वे गरेका लगभग ५०० विद्यालयहरू मध्येबाट ३३ वटा विद्यालय तथा विद्यालय सञ्चालकहरूलाई शिक्षा क्षेत्रको विकासमा उलेख्य योगदान पुर्याएका ३३ वटा विद्यालय र कलेज तथा विद्यालय सञ्चालकहरूलाई छनोट गरी सम्मान गरिएको बताए ।
कार्यक्रम संयोजक तथा अनुजा मिडियाकी अध्यक्ष अनुजा आचार्य ले आगामी सन्स्करणहरू क्रमश अष्ट्रेलिया तथा लन्डनमा आयोजना गरिने जानकारी गरिन् ।
प्रतिक्रिया दिनुहोस