aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

होटलमा जुवातास खेलिरहेका १३ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ साउन २०८०
होटलमा जुवातास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका ६ मुलपानी बस्ने ओखलढुङगा लिखु गाउँपालिका १ घर भएका २५ वर्षीय सिर बहादुर कार्कीको होटलमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस