aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

डोनाल्ड  ट्रम्पले नेपालको बारेमा यस्तो प्रश्न गरे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ असोज २०७६
डोनाल्ड  ट्रम्पले नेपालको बारेमा यस्तो प्रश्न गरे

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड  ट्रम्पले नेपालको पछिल्लो अवस्थाबारे चासो व्यक्त गरेका छन्। राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन न्युयोर्क आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको संक्षिप्त भेटमा ट्रम्पले नेपालबारे जिज्ञासा राखेका हुन्।

रात्रिभोजमा सरिक हुने क्रममा स्वागत गर्दै तस्बिर खिच्ने समयसम्म आपसी कुराकानी हुन्छ।  प्रधानमन्त्री केपी ओली सहभागी नभएका कारण ज्ञवालीले ट्रम्पलाई भेट्न पाएका हुन्। रात्रिभोजमा ट्रम्पलाई भेटेपछि प्रशन्न मुद्रामा देखिएका ज्ञवालीले भने, ‘भेट निकै संक्षिप्त थियो, उहाँले नेपालको स्थितिबारे जिज्ञासा राख्नुभयो। मैले अलिकति अवस्था बताएँ, उहाँले आपसी सहयोग र सहकार्यमा अमेरिका तत्पर रहेको सुनाउनुभयो। आजको अन्नपूर्ण पोष्टबाट 

प्रतिक्रिया दिनुहोस