aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एक सय नेपाली नर्स बेलायत लैजानका लागि आवेदन खुला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
एक सय नेपाली नर्स बेलायत लैजानका लागि आवेदन खुला

काठमाडौं । एक सय नेपाली नर्सहरु बेलायतले पहिलो चरणका लागि आवेदन खुला भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा नर्सलाई पठाउनका लागि आवेदन खुलाएको हो । नेपाल बेलायतबीच भएको श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

दुई देशबीच गत वर्ष भदौमा श्रम सम्झौता भएको थियो । बेलायत जान इच्छुक नेपाली नर्सहरुले अक्टोवर १९ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । न्यूनतम योग्यता पिसिएल नर्सिङ अध्ययन पुरा गरेको हुनुपर्ने छ भने नर्सिङमा स्नातक तथा स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउने छन् । तर उमेर भने २० वर्षदेखि ४५ वर्षसम्मको हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस