
एजेन्सी । भारत सरकारले बासमती चामल बाहेकको चामल निकासीमा प्रतिबन्ध लगाएको छ । यसबारे जानकारी गराउँदै सरकारले साउन २० एक सूचना जारी गरेको हो । मुलुकमा चामलको मूल्यमा भएको बृद्धिलाई रोक्न र आन्तरिक आपूर्ति बढाउन सरकारले यस्तो कदम चालेको हो ।
वैदेशिक व्यापार महानिर्देशकले पनि केही सर्तसहित चामल निकासी गर्न दिइने सूचनामा उल्लेख गरेको छ । भारतले अन्य मुलुकलाई अनुमति दिएको अवस्थामा पनि चामल निकासी गर्न दिइनेछ ।
भारतले यी देशको खाद्य सुरक्षा आवश्यकतालाई ध्यानमा राखेर यस्तो अनुमति दिएको हो । देशमा विगत केही वर्षयता खाद्यान्नको मूल्य निकै बढेको छ । गहुँ, चामल, दूध र तरकारीको मूल्य ह्वात्तै बढेको छ । पछिल्लो १० दिनमा देशभर चामलको मूल्य २० प्रतिशतले बढेको छ ।
मनसुन कम वर्षाका कारण धान र दाल रोप्ने क्षेत्रफल घटेको छ । जुलाई १४ सम्म उपलब्ध तथ्याङ्कअनुसार खरीफ रोपाइ २ प्रतिशतले घटेको छ । धानको क्षेत्रफल ६.१ प्रतिशत र दालको क्षेत्र १३.३ प्रतिशत छ। यसको कारण पश्चिम बंगाल, महाराष्ट्र र कर्नाटकमा कम वर्षा भएको छ।
पश्चिम बंगाल धानको प्रमुख उत्पादक हो, जबकि महाराष्ट्र र कर्नाटकले देशको ५० प्रतिशतभन्दा बढी दाल उत्पादन गर्दछ। दाल र धान रोप्नका लागि आगामी दुई साता महत्वपूर्ण छ । भारत विश्वमा सबैभन्दा बढी चामल निर्यात गर्ने देश हो। गत सेप्टेम्बरमा सरकारले टुटेको चामल निकासीमा प्रतिबन्ध लगाएको थियो । साथै अन्य धेरै प्रकारका चामल निकासीमा २० प्रतिशत भन्सार लगाइएको छ ।
यसअघि ब्लूमबर्गको प्रतिवेदनमा सरकारले अधिकांश जातका चामलको निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको बताइएको थियो । जसका कारण देशको ८० प्रतिशत चामल निर्यात प्रभावित हुनसक्छ । यसका कारण मुलुकमा चामलको मूल्य घटे पनि विश्वमा चामलको मूल्य बढ्न सक्ने बताइएको छ । पछिल्लो १० दिनमा देशभर चामलको मूल्य २० प्रतिशतले बढेको छ । त्यसको कारण देशका धान उत्पादक राज्यमा राम्रोसँग वर्षा नहुनु हो ।
प्रतिक्रिया दिनुहोस