aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
होटलमा जुवातास खेलिरहेका पाँच जना पक्राउ

पाल्पा । जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । रैनादेबीछहारा गाउँपालिका ४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ४ छहरा बजार बस्ने ४२ वर्षीय अमृत भन्डारी समेत ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मुझुङ र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ३ सय ९० रुपैयाँ र ३ बुक ताससहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस