aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ललिता निवास प्रकरणः सञ्चारसचिव राउतलाई छोड्न सर्वोच्चको आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
ललिता निवास प्रकरणः सञ्चारसचिव राउतलाई छोड्न सर्वोच्चको आदेश

काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका सञ्चारसचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनको तर्फबाट उषा राउतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले उनलाई थुनामै राखेर अनुसन्धान गर्नु पर्ने कुनै आधार नदेखिएको भन्दै छोड्न आदेश दिएको हो । आदेशमा भनिएको छ, ‘प्रस्तुत मुद्दाको अनुसन्धान नै प्रभावकारी हुन नसक्ने सम्मको अवस्था इजलास समक्ष पेस हुन आएको अनुसन्धानसम्बन्धी सक्कल मिसिलबाट देखिन नआएकोले यी निवेदकलाई थुनामै राखी अनुसन्धान गर्नु पर्नेसम्मको आधार, कारण र औचित्य देखिएन ।’  

तर, उनलाई देशबाहिर जान भने प्रतिबन्ध लगाइएको छ । ललिता निवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सचिव कृष्णबहादुर राउतलाई गत असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।  

प्रतिक्रिया दिनुहोस