aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा

  • रासस
    रासस
  • विहीबार, ०९ असोज २०७६
हेटौँडा–कुलेखानी सडकखण्ड सञ्चालनमा

मकवानपुर । हेटौँडा–कुलेखानी सडकखण्ड अन्तर्गत सिस्नेरीमा अवरुद्ध भएको सडक मर्मतसम्भारपछि आज बिहानदेखि सुचारु भएको छ । 

सडक सुचारु भएपछि हेटौँडा यातायात सेवा सञ्चालनमा आएको सिस्नेरी प्रहरी चौकी मकवानपुरले जनाएको छ । सिस्नेरी प्रहरी चौकीदेखि काठमाडौँ जिल्लाको सिमानासम्मको नौ किलोमिटर सडकमा करीब तीन साता लगाएर मर्मतसम्भार तथा ढल निर्माण गरेर फराकिलो बनाएपछि आज बिहानदेखि सडक सुचारु भएको सस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

यसैगरी केही हप्ताअघि फाखेल सडकखण्डबाट पनि हेटौँडा काठमाडौँको यातायात सेवा सञ्चालन गरिएको थियो । हेटौँडा–कुलेखानी सडकखण्डमा दैनिक एक हजारभन्दा बढी टाटासुमो, जिप आवजावत गर्ने गरेको नारायणी यातायात व्यवसायी सङ्घ हेटौँडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस