aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

आयोग उपाध्यक्ष डा. श्रेष्ठ स्वदेश फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ साउन २०८०
आयोग उपाध्यक्ष डा. श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं । अमेरिकामा सम्पन्न संयुक्त राष्ट्र संघको उच्च स्तरीय पोलिटिकल फोरममा सहभागी भएर राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबादुर श्रेष्ठ स्वदेश फर्किएका छन् । अतिकम विकसित मुलुकहरूको विश्वव्यापी समन्वय ब्यूरो (एलडिसी)को अध्यक्षता समेत गरिरहेका उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा नेपालले उच्चस्तरीय फोरममा सहभागी जनाएको थियो । 

नेपाली प्रतिनिधि मण्डललको नेतृत्व गर्दै एक साता अघि अमेरिकाको न्यूयोर्क पुगेका उपाध्यक्ष श्रेष्ठ शुक्रबार साझ काठमाडौं उत्रिएका हुन् । न्युयोर्कमा रहदा उनले अल्पविकसित मुलुकहरुको तर्फबाट विभिन्न तीन वटा शत्रमा सम्वोधन गरेका थिए । 

फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरूको सहभागीता थियो । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रमा संकटका प्रभाव प्रकाश पार्दै अल्पविकसित राष्ट्रमा एसडिजीको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताएका छन् । 

उनले एलडिसीको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न, नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडिसीलाई सहयोग गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्व वित्तीय संरचना सुधारको आवश्यकतामा जोड दिए । ‘एलडिसी विश्वव्यापी फोकसको केन्द्रबिन्दु हुनुपर्छ, एलडिसी सफल भए एसडिसी सफल हुन्छन्,’ उपाध्यक्ष श्रेष्ठले भने ।

अमेरिका भ्रमणका क्रममा उपाध्यक्ष श्रेष्ठले अतिकम विकसित मुलुकहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्त रबाव फतिमा, युएनडिपीका उच्च अधिकारी लगायतसँग भेटवार्ता समेत भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस