aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ साउन २०८०
आज यी प्रदेशमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने

काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। शनिबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू(भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, शनिबार राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एकरदुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस