aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जुम्लामा आगजनी गरेको आशङ्कामा १० प्रहरी नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ साउन २०८०
जुम्लामा आगजनी गरेको आशङ्कामा १० प्रहरी नियन्त्रणमा

 जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका विभिन्न स्थानमा भएका आगजनीमा संलग्न भएको आशङ्कामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार आगजनीमा संलग्न भएको आशङ्कामा उनीहरूलाई नियन्त्रण लिइ अनुसन्धान सुरु गरिएको हो । प्रहरीले पक्राउ परेकाको नाम भने सार्वजनिक गरेको छैन । 

गए राति अन्दाजी साढे २ बजेतिर गुठीचौरमा छ वटा घर, एक ट्याक्टर र  चन्दननाथ नगरपालिकामा एक घरमा अज्ञात समूहले आगजनी गरेको थियो । गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढाका अनुसार गएराति धवलपुर गाउँमा दुई, बाउली गाउँमा एक, ढुडाखोजमा एक, माथिल्लो देहारजिबुरमा एक र खल्ला वडामा दुई गरी सात घरमा आगजनी भएको थियो । 

प्रतिक्रिया दिनुहोस