वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय वीरगञ्ज पर्साले भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका सामानहरू बरामद गरेको छ । शनिवार जिल्ला प्रहरी कार्यालय पर्साबाट भन्सार छली चोरी पैठारी गरी ल्याएका विभिन्न समानहरू बरामद गरेको हो ।
बरामद गरिएको समानहरूमा दुई लाख ३५ हजार रुपैयाँ बराबरको भेष्ट रहेका छन् भने १५ हजार रुपैयाँ बराबरको कुर्था र १९ हजार रुपैयाँको जेन्स टिसर्ट रहेको छ ।
यी सबै सामानको जम्मा मूल्य दुई लाख ६९ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरू आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस