
काठमाडों । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीका तीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)को आकस्मिक सरुवा गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकहरू पुष्कर कार्की, ठूले राई र धीरु बस्न्यातको सरुवा गरेको हो।
स्रोतका अनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत पुष्कर कार्कीलाई अपराध अनुसन्धान तथा कार्यविभागमा सरुवा गरेको छ।
त्यस्तै प्रशासन विभागमा कार्यरत एआइजी ठूले राईलाई प्रतिष्ठानमा सरुवा गरिएको छ भने एआइजी धीरु बस्न्यातलाई भने मानव स्रोत तथा प्रशासन विभागमा सरुवा गर्दै तत्कालका लागि सुरक्षा परिषदमा काज सरुवा गरिएको छ।
प्रतिक्रिया दिनुहोस