काठमाडौं । गत साता हङकङ हुँदै काठमाडौं ल्याइएको एक क्विन्टल सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका ३ कर्मचारी र ३ भन्सार एजेन्टलाई पक्राउ गरेको हो ।
विभागले विमानस्थलका भन्सार अधिकृत सन्तोष चन्द, खरिदार तथा जाँचकी कुमार ढकाल, एक्स-रे अपरेटर सरोज श्रेष्ठ, भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रुक्मिना सुब्बालाई पक्राउ गरेको हो। आइतबार थप ६ जना पक्राउ परेसँगै तस्करीको यो प्रकरणमा हालसम्म समातिनेको संख्या १६ पुगेको छ ।
विभागले पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्न म्याद थपका लागि पठाएको छ ।
प्रतिक्रिया दिनुहोस