aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

यी हुनेछन् सन् २०७५ मा विश्वका शीर्ष अर्थतन्त्रहरू

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
यी हुनेछन् सन् २०७५ मा विश्वका शीर्ष अर्थतन्त्रहरू

गोल्डम्यान साक्सको हालैको रिपोर्ट अनुसार आगामी दशकहरूमा विश्वव्यापी आर्थिक शक्ति सन्तुलन नाटकीय रूपमा परिवर्तन हुने अनुमान गरिएको छ।

सन् १९८० देखीयताका तथ्याङ्कहरूको विश्लेषण र अन्य धेरै प्रवृत्तिहरूको अध्ययन गरेर गोल्डम्यान साक्सले सार्वजनिक गरेको रिपोर्टमा सन् २०७५ सम्ममा कुन मुलुक कति सम्पत्तिका साथ विश्वको ठूलो अर्थतन्त्र बन्नेछ भन्ने प्रक्षेपण छ । यस क्रममा सन् २०५० मा अहिलेको भन्दा कस्तो फरक परिदृश्य देखिनेछ भन्ने पनि देखाइएको छ ।

सन् २०५० को प्रक्षेपण

निम्न तालिकाले सन् २०५० मा विश्वमा अनुमानित शीर्ष अर्थतन्त्रहरू कुन कुन हुन सक्छन् र तिनको स्थान के हुनेछ भन्ने देखाउँछ । सबै तथ्याङ्कहरू सन् २०२१ को सूचिमा आधारित वास्तविक कुल ग्राहस्थ उत्पादनका आधारमा अनुमानहरू हुन् ।

विगत केही दशकदेखि विश्व अर्थतन्त्रको प्रमुख विषयका रुपमा चीन र भारतको अविश्वसनीय वृद्धि रहँदै आएको छ । उदाहरणका लागि सन् २००० र २०२२ को बिचमा भारतले बेलायत र फ्रान्सलाई पछाडि पार्दै पाँचौँ ठूलो अर्थतन्त्र बन्नको लागि आफुलाई आठ स्थान माथि उचालेको छ ।

गोल्डम्यान साक्सले सन् २०५० सम्ममा विश्वको जीडीपीको घनत्व एसियातिर झन् झन् बढ्नेछ भन्ने विश्वास गरेको छ । यो आंशिक रूपमा एसियाले अघिल्लो प्रक्षेपण भन्दा राम्रो प्रदर्शन गरेको कारणले हो ।

सन् २०५० सम्ममा इन्डोनेसिया उल्लेखनीय रूपमा चौथो ठूलो अर्थतन्त्र बन्नेछ । ब्राजिल र रुसलाई सबैभन्दा ठूलो उदीयमान बजारको रूपमा उछिनेर यसले त्यो बेला विश्वलाई नै चकित पार्ने गोल्डम्यानको प्रक्षेपण छ । यसको आधारका रुपमा विश्वको सबैभन्दा ठूलो द्वीपसमूह राज्यको रुपमा रहेको इन्डोनेसियाको हाल कायम रहेको २७७ मिलियनको संसारको चौथो ठूलो जनसङ्ख्यालाई लिइएको छ ।

सन् २०७५ का प्रक्षेपित शीर्ष अर्थतन्त्रहरू

तलको तालिकामा सन् २०७५ मा कुन मुलुक आर्थिक रुपमा कस्तो अवस्थामा हुनेछ भन्ने कुरा देखाइएको छ । सन् २०७५ को अनुमान गर्नलाई पनि सन् २०२१ को तथ्याङ्कहरू र त्यस बेलाको जीडीपीलाई नै आधार मानिएको छ ।

सन् २०७५ मा आफ्नो प्रगतिको यात्रा अगाडि बढ्दै जाँदा नाइजेरिया, पाकिस्तान र इजिप्ट जस्ता मुलुकहरू पनि शीर्ष १० मा समावेश हुने गोल्डम्यानको अनुमान छ ।यसले त्यो बेला एकदमै फरक विश्व व्यवस्थाको चित्र प्रस्तुत गरेको छ ।

यो ढङ्गमा यी अनुमानहरू गर्ने प्रमुख आधार भनेको फेरि पनि ती मुलुकहरूमा भइरहेको तीव्र गतिको जनसङ्ख्या वृद्धि नै हो । जसले गर्दा तीनवटै राष्ट्रहरूमा ठूलो श्रम शक्ति हुनु पर्छ।

यसैबिच, युरोपेली अर्थतन्त्रहरू क्रमबद्ध रूपमा तल झर्न जारी रहनेछन्। कुनै समय विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जर्मनी त्यो बेला ब्राजिललाई पछि पार्दै नवौँ स्थानमा बस्नेछ ।

सन् २०७५ मा चीन, भारत र अमेरिका समान जीडीपीमा रहने अपेक्षा गरिएको छ । यसले यिनीहरू केही हदसम्म समान आर्थिक शक्तिको रुपमा रहने देखाउँछ । त्यो बेला यी राष्ट्रहरूले कसरी एक अर्कासँग सम्बन्ध राख्छन् यसले विश्वव्यापी परिदृश्यलाई दूरगामी प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस