aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२६ खर्बको ट्वीटरमा अब नयाँ लोगो, ‘एक्स’ राख्ने मस्कको घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
२६ खर्बको ट्वीटरमा अब नयाँ लोगो, ‘एक्स’ राख्ने मस्कको घोषणा

एजेन्सी । २० अर्ब अमेरिकी डलर (२६ खर्ब रुपैयाँ) मूल्यको सामाजिक मिडिया कम्पनी ट्वीटरको लोगो बदल्न लागिएको छ । कम्पनीका मालिक एलन मस्कले चराको साटो ‘एक्स’ लोगो राखेर कम्पनी नै रिब्रान्डिङ गर्ने जनाएका हुन्‌ । 

मस्कले ट्वीटरमा लेखेका छन्‌, ‘अब हामी चाँडै ट्वीटरको ब्राण्ड र सबै चराहरूलाई बिदा गर्नेछौं ।’ रिपोर्टहरूका अनुसार मस्कले ट्वीटरलाई एक्स नामक सुप एप बनाउन चाहेका छन्‌, जुन एप चीनको ह्वीच्याट जस्तै हुनेछ । टेनसेन्ट होल्डिङ्स लिमिटेड स्वामित्वको ह्वीच्याटबाट रकम भुक्तानी र टिकट बुकिङदेखि मेसेजिङसम्म गर्न सकिन्छ ।

गत चैतमै मस्कले ट्वीटर चलाइरहेको कम्पनी ‘ट्वीटर इङ्क’को नाम फेरेर ‘एक्स कर्प’ बनाएका थिए । लगत्तै उनले ट्वीटरको लोगो नै बदलिदिएका थिए । निलो चरोको साटो कुकुरको आकृतियुक्त लोगो राखेपनि आलोचना भएपछि मस्कले पुन: चरो नै राखेका थिए । मस्कले २०२२ अक्टोबरमा ट्वीटर खरिद गरेका थिए ।

चरो लोगोसँग शुरूदेखि नै असन्तुष्ट देखिएका मस्क अहिले फेरि लोगो परिवर्तन गर्ने मुडमा देखिएका हुन्‌ । उनले ट्वीटर ‘रिब्रान्डिङ’ नै गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस