aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

लाईसेन्स बनाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
लाईसेन्स बनाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । लाईसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । लाईसेन्स बनाइदिने र ट्रायल पास गराइदिने भन्दै विश्वास दिलाई दर्जन भन्दा बढी व्यक्तिहरूबाट नगद तथा सुनको गहना जबरजस्ती लिई ४ लाख ३० हजार रूपैयाँ बराबरको रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका १३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय सम्राट, समिर, रागब भन्ने राजु परियार र कृष्ण ज्वेलर्स एण्ड सन्सका संचालक काठमाडौं महानगरपालिका १४ कलंकी सुनारगाउँ ठेगाना भएका ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् । उनीहरुमध्ये राजुले यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी हुँ भन्दै उक्त रकम तथा सुन ठगी गरेको र ब्रम्हाले ठगी गरेको सुन खरिद गरेको खुल्न आएको छ। 

अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले राजुलाई ललितपुर महालक्ष्मी नगरपालिका ७ लुभुबाट शनिबार र ब्रम्हा रिसाललाई काठमाडौं कालीमाटीबाट ठगी गरेको सुनलाई गाली ढिक्का बनाई राखेको ११ ग्राम ६ सय ८० मिलिग्राम सुनसहित आइतबार पक्राउ गरेको हो । उनीहरू उपर ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस