aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

क्रिमिया छिर्‍यो युक्रेन, तनाव थप चुलिने संकेत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
क्रिमिया छिर्‍यो युक्रेन, तनाव थप चुलिने संकेत

एजेन्सी । युक्रेनी सेनाले सन् २०१५ मा रूस अतिक्रमित क्रिमियामै आक्रमण गरेको छ । सो आक्रमणमा रूसी सेनाको गोलाबारुद डिपोमा क्षति पुर्‍याइदिएको युक्रेनी गभर्नर सर्गेई अक्स्योनोभले दाबी गरेका छन्‌ ।

युक्रेनले रूसी कब्जाको क्रिमियास्थित एम्युनिसन डिपो नै ध्वस्त हुनेगरी मानव रहित ड्रोनबाट मिसाइल दागेको हो । रूसले पठाएको ११ वटा ड्रोनलाई भने युक्रेनी प्रतिरक्षा बलले खसालिदिएको दाबी गरिएको छ। सो आक्रमण क्रिमियास्थित झान्कोय जिल्लाको गोलाबारुद डिपोमा भएको थियो । 

यतिखेर युक्रेन र रूसबीच युद्ध भइरहेको छ । अमेरिकी नेतृत्वको उत्तर एटलान्टिक सन्धी संगठन (नाटो) को सदस्यता लिन खोजेपछि सन्‌ २०२२ फेब्रुअरीदेखि रूसले युक्रेनमाथि फौजी आक्रमण थालेको थियो ।

आफूले गाभेको क्रिमियामै युक्रेनले आक्रमण गरेपछि रूसले पश्चिमा शक्तिविरुद्ध थप कदम चाल्ने आशंका गरिएको छ । रूसले यसअघि नै खाद्यान्न र ऊर्जासम्बन्धी विभिन्न सम्झौताबाट हात झिकिसकेको छ । पछिल्लो आक्रमणका कारण क्षति भोगेको रूस थप क्रुद्द बन्ने र त्यसबाट वैश्विक अर्थतन्त्रमा थप खराब असर पर्ने आंकलन छ ।

प्रतिक्रिया दिनुहोस