
काठमाडौं । सभामुख देवराज घिमिरेले चिनियाँ नेता यान च्याचिनलाई नेपाल-चीन रेलमार्ग विकासमा जोड दिन आग्रह गरेका छन् । हाल नेपाल भ्रमणमा रहेका च्याचिन चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव हुन् ।
सोमबार (आज) भएको भेटमा सभामुख घिमिरे र च्याचिनबीच द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक, सामाजिक र धार्मिक आदानप्रदान लगायत मामिलामा कुराकानी भएको हो । चीनले नेपाललाई उच्च महत्व दिएकोमा आभार व्यक्त गर्दै घिमिरेले तत्कालीन केपी शर्मा ओली सरकारले गरेको पारवहन सन्धी र रसुवागढी–केरुङ रेल मार्गको विकासमा जोड दिनुपर्ने बताए ।
नेता च्याचिनले पनि आफू चिनियाँ राष्ट्रपति सी चिनफिङको निर्देशनमा नेपाल भ्रमणमा आएको बताउँदै नेपाललाई ८० लाख युआन (करिब १४ करोड रुपैयाँ) सहयोग घोषणा गरे । च्याचिनले चीन भ्रमणको निम्तोसमेत दिएका सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस