aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
जेट सेवा बन्दले काठमाडौं दिल्ली हवाई टिकट तीन सय प्रतिशले बढ्यो, टिकटै पाउन मुस्किल

जेट सेवा बन्दले काठमाडौं दिल्ली हवाई टिकट तीन सय प्रतिशतले बढ्यो, टिकटै पाउन मुस्किल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ बैशाख २०७६
जेट सेवा बन्दले काठमाडौं दिल्ली हवाई टिकट तीन सय  प्रतिशतले बढ्यो, टिकटै पाउन मुस्किल

काठमाडौं । आर्थिक संकटग्रस्त जेट एयरले काठमाडौंको आफ्नो उडान बन्द गरेसँगै काठमाडौं(दिल्लीको भाडामा अस्वाभाविक वृद्धि भएको छ । उपलब्ध सिट संख्यााको तुलनामा माग अत्याधिक बढेपछि काठमाडौं(दिल्ली उडान गर्ने हवाई सेवा कम्पनीहरुले उडान भाडामा ३ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । 

जेट एयरले आफ्नो नेपाल उडान बन्द गरेसँगै यात्रुहरुले मागअनुसार वायु सेवा कम्पनीले सिट उपलब्ध गराउन नसक्दा मूल्य बढेको अर्बिट इन्टरनेसनल ट्राभल्सका द्रोण निरौलाले बताए ।

जेट एयरले काठमाडौं दिल्ली चारवटा उडान गरेर दैनिक साढे ६ सय यात्रुलाई सेवा दिन्थ्यो । जेटको सेवा बन्द भएसँगै ती यात्रु अन्य विमानसेवाबाट यात्रा गर्नुपर्दा टिकटको माग ह्वात्तै बढेको व्यवसायी निरौलाले बताए । 

सामान्य अवस्थामा नेपाल वायु सेवा निगमको काठमाडौं(दिल्ली दोहोरो भाडा सबैभन्दा सस्तो १५ हजार रुपैयाँमा पाइन्थ्यो । तर, अहिले ४२ हजारदेखि ४५ हजार पुगेको छ । त्यसैगरी एयर इन्डियाको उडानमा पनि एकातर्फी हवाई भाडा २७ हजारभन्दा बढी पुगेको छ ।  नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस