aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ साउन २०८०
ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली मोही बनेका दुई जनालाई सोमवार ललितपुरको कुपण्डोलबाट पक्राउ गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा सञ्जय महर्जन र सकलानन्द महर्जन रहेका छन् । उनीहरु नक्क्ली मोही रहेको प्रहरीले जनाएको छ । उनीहरुसंगै यस प्रकरणमा प्रकाउ पर्नेको संख्या २१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस